धरान, जेठ २२ गते । धरान–१२, चतरालाइन स्थित प्रभात बोर्डिङ स्कुलमा शुक्रबार एक दिवसिय निःशुल्क आँखा शिविर सम्पन्न भएको छ । रानी आँखा अस्पताल प्राली.बिराटनगरको प्राविधिक सहयोग र स्कुलको व्यवस्थापनमा शिविर सम्पन्न भएको हो ।
शिविरमा आँखाका अतिरिक्त कानको समेत चेकजाँच गरिएको थियो । विद्यार्थी, अभिभावक र टोलबासी गरि जम्मा २५८ जनाको जाँच गरिएको थियो । चेकजाँचमा सहभागी स्वास्थ्यकर्मीहरुका अनुसार करिब ३०% विद्यार्थीमा दृष्टि कमको समस्या देखिएको र चश्माको प्रयोग गर्नुपर्ने अवस्था रहेको छ ।
अभिभावक मध्ये एकजनामा आँखामा मासु पलाउने रोग र ७ जनामा मोतिबिन्दु देखिएको डा सन्तोष यादवले जानकारी दिनुभयो । शल्यक्रिया गर्नुपर्ने विरामीले रानी आँखा अस्पतालले ५०% सम्म छुट दिने व्यवस्था रहेको अर्का डा प्रवेश यादवले बताउनुभयो ।
निःशुल्क स्वास्थ्य शिविरका लागि रानी आँखा अस्पताल र प्राविधिक टोलीलाई स्कुलका प्राचार्य बिष्णु राईले स्कुलका तर्फबाट विशेष धन्यवाद दिनुभयो । ......




















