काठमाण्डौ, माघ १५ । प्रेस सेन्टर नेपालले नेपाली नागरिकको संविधान प्रदत्त मौलिक हक अन्तर्गतको अभिव्यक्ति स्वतन्त्रता हनन हुने गरी दर्ता गरिएको विधेयक तत्काल फिर्ता लिन माग गरेको छ । 

मंगलबार काठमाण्डौमा सम्पन्न पाँचौ केन्द्रिय बैठकपछि घोषणा पत्र जारी गर्दै संगठनले उक्त विधेयक तत्काल फिर्ता नलिए सञ्चारकर्मीहरुको अगुवाई गर्दै आन्दोलनका कार्यक्रम घोषणा गर्ने चेतावनी दिएको छ । 

9edb902f-75d4-4091-9127-0c2084791257नेपाल सरकारले सामाजिक सञ्जालको सञ्चालन, प्रयोग तथा नियमन सम्बन्धि विधेयक पछिल्लो समय संसदमा दर्ता गरेको छ । उक्त विधेयक नागरिकको अभिव्यक्ति तथा प्रेस स्वतन्त्रतालाई हस्तक्षेप गर्ने गरी ल्याइएकोले फिर्ता लिनुपर्ने संगठनले जनाएको छ । यस सम्बन्धमा विज्ञप्ति समेत जारी गर्दै संगठनले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता मैत्री विधेयकहरु निर्माण गर्न र संविधानले निर्दिष्ट गरेका हक अधिकारहरुको संरक्षण र प्रवद्र्धन गर्न पनि सरकारलाई माग गरेको छ । संगठनले नेपालीहरुको सार्वभौमसत्ता सम्पन्न संसदलाई छलेर अध्यादेश जारी गरेको प्रति पनि विरोध जनाएको छ । 

संगठनको पाँचौ केन्द्रिय अधिवेशनको पुर्वसन्ध्यामा काठमाण्डौमा पुर्ण बैठक आयोजना गरिएको थियो । बैठकमा केन्द्रिय सदस्यहरु, प्रदेश अध्यक्षहरु लगायतले रिपोर्टिङ प्रस्तुत गरेका थिए । बैठकले आगामी चैत्र १६ र १७ गते काठमाण्डौमा संगठनको पाँचौ राष्ट्रिय अधिवेशन सम्पन्न गर्ने निर्णय गरेको छ । बैठकको उद्घाटन नेकपा माओवादी केन्द्रका प्रचारप्रसार इन्चार्ज तथा प्रवक्ता अग्नि सापकोटाले उद्घाटन गर्नुभएको थियो । संगठनको २१ औँ स्थापना दिवसका अवसरमा बैठक आयोजना गरिएको हो । उद्घाटन अघि प्रभातफेरि आयोजना गरिएको थियो । बैठकले केन्द्रिय अधिवेशनको प्रभावकारी तयारीका लागि कार्यविभाजन समेत गरेको थियो । 

.............