धरान, माघ २० । जिल्ला सहकारी संघ सुनसरी धरान नगर समन्वय समितिको आयोजनामा धरानमा एक दिवसीय सहकारी प्रवद्र्धन गोष्ठी सम्पन्न भएको छ । 

नेफ्स्कुनका केन्द्रिय महासचिव घनश्याम अधिकारीको सहजीकरणमा सम्पन्न गोष्ठीमा धरान क्षेत्रका ४९ वटा सहकारीको सहभागीता थियो । ‘सहकारी संस्थाको सञ्चालक र उच्च व्यवस्थापनले वर्तमान अवस्थामा खेल्नु पर्ने भूमिका तथा क्षमता विकास’ विषयमा अधिकारीले सहजीकरण गर्नुभएको थियो । धरानका सहकारीको प्रवद्र्धन गर्ने उद्धेश्यले गोष्ठीको आयोजना गरिएको थियो ।

सहजीकरणका क्रममा महासचिव अधिकारीले नियमन निकायले समयमा सुपरिवेक्षण नगर्दा सहकारी संकटग्रस्त बन्न पुगेको बताउनुभयो । 

Sahakari2धरान उपमहानगरपालिका वडा नं १५ का अध्यक्ष तथा सहकारी अभियन्ता नरेश ईवारमले धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङ सहकारीमैत्री नभएको कारण धरानका सहकारीहरु रोइरहेको बताउनुभयो ।  धरानका सहकारीहरुमा महामारी रोग हैजा फैलिएको अवस्थामा पनि धरान उपमहानगरपालिकाले हैजा नियन्त्रणका लागि कुनै उपाय नअपनाएको बताउनुभयो । ‘हैजाले मर्नेहरु मरिगए, बाँच्नेहरुलाई स्थानीय सरकारको तर्फबाट डाक्टर बोलाएर औषधी उपचार गर्ने सम्म पनि काम भएन ।’ उहाँले भन्नुभयो । स्थानिय सरकार सहकारी बचाउन उदासिन भएको उहाँले बताउनुभयो । 

 ‘हैजाले मर्नेहरु मरिगए, बाँच्नेहरुलाई स्थानीय सरकारको तर्फबाट डाक्टर बोलाएर औषधी उपचार गर्ने सम्म पनि काम भएन ।’ उहाँले भन्नुभयो ।

गोष्ठीमा जिल्ला बचत संघ सुनसरीका उपाध्यक्ष उद्वव लिम्बुले सहकारीका समस्याहरुमा सबै सहकारी संस्थाहरु एकजुट भई सहकार्य, समन्वय र सहयोग हुनुपर्ने बताउनुभयो । सहकारीहरुमा भावनात्मक एकताले मात्र सहकारीको उन्नयन र नकारात्मक धारणालाई चिर्न सकिने उहाँको भनाई थियो । 

जिल्ला सहकारी संघ सुनसरीका बरिष्ठ उपाध्यक्ष दिनेश श्रेष्ठले सहकारी संस्थाहरुले आम जनताहरुको सहकारीलाई हेर्ने दृष्टिकोण परिवर्तन गर्न आवश्यक रहेको बताउनुभयो । सर्वसाधारण जनताको आर्थिक समृद्धि र देशको अर्थतन्त्रको सुधारका लागि सहकारी अपरिहार्य क्षेत्र भएको उहाँको भनाई थियो । 

....................