धरान, माघ २३ । होलिल्याण्ड इन्टरनेशनल स्कुल धरानले बुधबार वार्षिकोत्सव मनाएको छ । 

सो अवसरमा विद्यालयका पूर्व विद्यार्थीहरुलाई सम्मान गरेको छ ।

कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेशका माननीय रमेश कुमार वस्नेतले सम्मान पत्र हस्तान्तरण गर्नुभएको थियो । 

विद्यालयमा अध्ययन गरी हाल विभिन्न क्षेत्रमा कार्यरत रही योगदान गरिरहेका विद्यार्थीहरुलाई विद्यालयले सम्मान गरेको हो ।

Holi1कार्यक्रममा २०८० सालको वार्षिक परीक्षामा पहिलो, दोश्रो र तेश्रो हुने नर्सरी देखि कक्षा–११ सम्मका बिद्यार्थीहरु र वार्षिक खेलकुदमा उत्कृष्ट हाउसलाई पुरस्कार र प्रमाण–पत्र बितरण गरिएको थियो ।

मन्तव्य व्यक्त गर्दै प्रमुख अतिथि माननीय वस्नेतले नीजि स्कुलहरुले औपचारिक शिक्षाका लागि मात्र नभएर विद्यार्थीरुको सर्वाङ्गीण विकासको लागि काम गर्नुपर्ने बताउनुभयो । धरानमा अन्य क्षेत्रका भन्दा फरक विशेषता भएका कलेजहरु भएको कारण धरानलाई शैक्षिक हव मानिएको उहाँको भनाई थियो ।

विद्यालयका अध्यक्ष खगेन्द्र मेन्याङ्वोको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । 

...............