विवाह सम्बन्धको कुरा गर्दा केपी शर्मा ओली र राधिका शाक्यको विवाह नेपाली समाजमा त्याग, समर्पण र क्रान्तिको एउटा गतिलो उदाहरणका रुपमा लिइन्छ । बाहुनको छोरो त्यसमा पनि कहाँ कहिल्यै नसुनिएको तेह्रथुमका केपी, खाँट्टी नेवारकी छोरी त्यसमा पनि उपत्यकाबाट कहिल्यै नबाहिरिएका राधिका । त्यो भन्दा पनि चुनौतिपुर्ण केपी ओली भर्खर १४ वर्षको जेलजीवन भोगेर बाहिर निस्केका थिए । कतिखेर पुलिसले पुनः पक्राउ गर्छ वा वेपत्ता पार्छ भन्ने जोखिम । पुलिसले छाडिदियो भने पनि जेलमा बस्दा टिबी लगायतका रोगले थिलथिलो भएको केपीको शरिर । यी यस्ता जटिलताहरुका विच यो जोडीको सम्बन्ध करिब चार दशक पुग्न लाग्दा पनि उस्तै गाढा छ । यसमा केपी ओलीको भन्दा राधिका शाक्यको त्याग, समर्पण र क्रान्तिकारी सोँचले काम गरेको देखिन्छ । यो जोडी नेपाली समाजको आदर्श जोडीको रुपमा रहन सफल भएको छ ।
आज उही केपी ओली यो देशको प्रधानमन्त्री हुनुहुन्छ । राधिका शाक्यले सबै हिसाबले उहाँलाई सफल बनाउन साथ दिइरहनुभएको छ । उहाँहरुले एकअर्कालाई सार्वजनिक रुपमा के भन्नुहुन्छ ? दुनियाँको अघि उहाँहरुले एकअर्कालाई कसरी मुल्याङ्कन गर्नुहुन्छ ? प्रस्तुत छ भिडियो :




















