धरान, चैत्र ३० । २०८१ सालको माध्यमिक शिक्षा परीक्षा(एस.ई.ई.) दिएर बसेका बिद्यार्थीहरुका लागि आयोजना गरिएको कोशी प्रदेस स्तरीय एस.ई.ई.स्पिकर–२०८१, सिजन–५ को शुक्रवार सम्पन्न पहिलो चरणको अडिसनबाट ३७ जना प्रतिस्पर्धीहरु छनोट भएका छन् ।
¥याडिकल लाईट नेपाल प्रा.लि.धरानले आयोजना गरेको प्रतियोगितामा सहभागि ४८ जनामध्ये ३७ जना दोश्रो चरमा प्रवेश गरेको कार्यक्रम संयोजक तथा ¥याडिकल लाइट नेपाल प्रा.ली.का अध्यक्ष तिर्थ कार्कीले जानकारी दिनुभयो ।
दोश्रो चरणमा प्रवेश गर्नेहरुमा शिक्षादीप एकेडेमी इटहरीका समिक्षा पौडेल, लोटस इङ्लिस बोर्डिङ स्कुल धरानका सृष्टिका राई र श्रद्धा शाक्य, पब्लिक हाईस्कुल धरान १२ का रोजा कडेल, जिज्ञासा भट्टराई, साक्षी मिश्र, आयुषा पौडेल, सृष्टि राई र अनुप झा रहेका छन् । यसैगरी हिबिस्कस इङलिस बोर्डिङबाट दिबिका राई, एभरेस्ट चिल्ड्रेन होम सेकेन्डरी स्कुल पानबारीबाट लोचना सिग्देल र निशान बिश्वकर्मा, सरस्वती मा.बि.पानबारीकै विवेक राई, निर्मला भण्डारी, दीपा चर्मकार र आयुषा आचार्य, शिक्षा सन्देस सेकेन्डरी बोर्डिङबाट गुन्जल लुइँटेल दोश्रो चरणमा प्रबेश गरेका छन् ।
दोश्रो चरणमा प्रवेश गर्ने अन्यमा होलीवेल इङलिस सेकेण्डरी स्कुल झापाका आविस्कार राउत, इटहरीको बेबिलोन सेकेण्डरी बोर्डिङका होमिता पोख्रेल, भरौल बाल मन्दिर इङ्लिस स्कुल बराहक्षेत्रकी सलिना राई, ब्लुम नेपाल स्कुल इटहरीका शुभम पोख्रेल, पर्बत सेकेन्डरी स्कुल धरानका निङ्साङ लिम्बु र पिक्सि राई, डिपोट सेकेन्डरी स्कुलकी रोशनी नेपाल, कार्मेल हाईस्कुलकी पुजा लिम्बु र सुलक्षा खड्का रहेका छन् । त्यस्तै भानु स्मृति मा.बि. धरानका प्रतीक्षा तामाङ, सियोन स्कुलकी सोनिया राई र स्मृति राई, के.के.इन्टरनेसनल स्कुलकी तपस्या भण्डारी, राधिका मा.बि.उर्लाबारी मोरङका बिक्रम खड्का, जेम सेकेण्डरी बोर्डिङ धरानका सन्जिना राई, सुनाखरी एकेडेमीकी नाबिया सरखाना र दिप्सा लिम्बु, सुनगाभा इङलिस बोर्डिङका सोनिया राई, स्मृति राई र आशिका लिम्बु दोश्रो चरणमा प्रबेश गरेका छन् । प्रतियोगिता धरान–३, सदन रोड स्थित प्रा.लि.को कार्यालयको हलमा भएको थियो ।
प्रतियोगिताका निर्णायकहरुमा महेन्द्र बहुमुखी क्याम्पस धरानका उप–प्राध्यापक राजेश बिद्रोही र सहिद स्मृति मा.बि.का शिक्षक टङ्क प्रसाद भट्टराई हुनुहुन्थ्यो । प्रतियोगीहरुले ‘बिद्यार्थी र देशको भविष्य’ र ‘लागु औषध दुब्र्यसन नियन्त्रणमा युवाको भुमिका’ शिर्षकमध्ये एकमा बोलेका थिए । प्रतियोगिताका बिजेताले ५५ हजार नगद, प्लस टु अध्ययनका लागि धरानमा शत प्रतिशत छात्रबृत्ति, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यसैगरी फष्ट रनर अप र सेकेन्ड रनर अपले क्रमशः २५ हजार र १० हजार नगद, धरानमा प्लस टु अध्ययनका लागि ६० प्रतिशत र ५० प्रतिशत छात्रवृत्ति, ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने प्रा.लि. का अध्यक्ष कार्कीले जानकारी दिनुभयो । एस.ई.ई.दिएर बसेका बिद्यार्थीहरुको फुर्सदको समयको सदुपयोग गर्दै ब्यक्तित्व, नेतृत्व र वाककलाको बिकास गर्ने उद्धेष्यले प्रतियोगिताको आयोजना गरिएको प्रा.लि.का अध्यक्ष कार्कीले जानकारी दिनुभयो ।
दोश्रो चरणको प्रतियोगिता आगामि २०८२ साल बैशाख ६ गते सनिबार हुने आयोजकले जनाएको छ ।
.....




















