धरान, जेठ ३ । गोर्खा सेमिट्रिज ट्रष्ट नेपालको आयोजनामा शनिबार प्रथम गोर्खा केरावारी रन सम्पन्न भएको छ ।
केरावारी गाउँपालिकाको आर्थिक सहयोगमा प्रतियोगीता सम्पन्न भएको हो । प्रतियोगीतामा महिला खुल्लातर्फ पुष्पा शेर्मा (पाँचथर) प्रथम भइन् भने मोरङ उर्लावारीकी मन्दिरा महतरा दोस्रो भइन् । धरानकी कल्पना राई तेस्रो वन्न सफल वनेकी थिइन ।
पुरुष खुल्लातर्फ तेह्रथुमका सरोज लिम्वु प्रथम भएका थिए भने धरानका रोशन राई दोस्रो वनेका थिए । प्रतियोगितामा धरान कै रमेश लिम्वु तेस्रो भएका थिए ।
त्यस्तै भेट्रान्स पुरुषतर्फ धरानका विजय राई प्रथम हुन सफल भए भने धरानकै मंगल तामाङ दोस्रो भएका थिए । धरानका राजु लामा तेस्रो भएका थिए ।
त्यसैगरी भेट्रान्स महिलातर्फ धरानकी जमुना लिम्वु प्रथम हुन सफल भइन् भने धरान कै कुसुम लिम्वु दोस्रो भइन् । प्रतियोगितामा कौशिला तामाङले तेस्रो उपाधि हात पारेकी थिइन् ।
‘कृषि पर्यटन सहितको पूर्वाधार समृद्ध केरावारी हाम्रो आधार’ भन्ने मुल नाराका साथ आयोजना गरीएको सो प्रतियोगितामा खुल्लातर्फ प्रथम, द्धितीय र तृतीय हुनेलाई क्रमशः ५ हजार, ३ हजार र २ हजार नगद मेडल र प्रमाण–पत्र प्रदान गरिएको थियो भने भेट्रान्सतर्फ क्रमशः ३ हजार, २ हजार र १ हजार नगद, मेडल र प्रमाण–पत्र प्रदान गरिएको थियो ।
चोक्टीबाट शुरु भएको ७ दशमलव २ किलोमिटर दुरीको सो प्रतियोगीता केरावारी वजारमा पुगेर समापन भएको थियो ।
प्रतियोगिताका विजेताहरुलाई कार्यक्रमका प्रमुख अतिथि केरावारी गाउपालिकाका प्रमुख सुमन मिरीङचिङ मगर, विशेष अतिथि गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत जयराम श्रेष्ठ, केरावारी प्रहरी प्रमुख मानवहादुर जिम्वा तामाङ, कोशी प्रदेश खेलकुद विकास समितिका सदस्य रोशनी राई, धरान–६ की वडा सदस्य यशोदा सुवेदी लगायतले पुरस्कार वितरण गर्नुभएको थियो । आगामी दिनमा पनि यसप्रकारको प्रतियोगिता आयोजना गर्न गाउँपालिका प्रतिवद्ध रहेको केराबारी गाउँपालिका अध्यक्ष अध्यक्ष मगरले बताउनुभयो ।
गोर्खा सेमिट्रीज ट्रष्टका अध्यक्ष महेन्द्र राईले स्वास्थ्य नै धन हो भन्ने चेतनालाई विस्तार गर्न कार्यक्रम आयोजना गरिएको बताउँदै आगामी दिनमा पनि निरन्तरता दिइने बताउनुभयो ।
................




















