धरान, पुस २६ गते । धरानमा शनिबार कवि भानेन्द्र सम्बाहाम्फे ‘जुझारु’ द्वारा रचित कविताहरुको सङ्ग्रह ‘निर्झर’ को लोकार्पण तथा परिचर्चा सम्पन्न भएको छ । 

कार्यक्रमका प्रमुख अतिथि धरान उपमहानगरपालिका उपमेयर अइन्द्रविक्रम बेघा लगायतले उक्त कृतिको लोकार्पण गर्नुभयो । गोपाल भण्डारी र जीवनकुमार राईले कृतिको परिचर्चा गर्नु भएको थियो । 

वि.सं. २०१९ सालमा पाँचथरमा जन्मिनुभएका सम्बाहाम्फेको यो पहिलो कृति हो । लोकार्पित कृतिमा ३६ वटा कविता सङ्ग्रहित छन् । कार्यक्रममा कविले कृतिमा सङ्ग्रहित केही कविता वाचन गर्नुभएको थियो । कार्यक्रममा वम देवान, भीम खतिवडा, राजेश विद्रोही, कमल मैनाली, सुदिप पाख्रिन, मुक्सामहाङ मेन्याङ्बो, इन्दु योन्जन नेपाल लगायतका व्यक्तित्वहरुको उपस्थिति रहेको थियो । 

.....