धरान, माघ १ गते । नेपाल मगर संघ धरानले यसवर्ष पनि सार ल्हेस पर्व भव्यतापुवर्क मनाएको छ । संघले प्रत्येक वर्ष माघे सङ्क्रान्तिको दिन यो पर्व मनाउँदै आएको छ । 

सार ल्हेस पर्व मगर समुदायले मौलिक पर्वको रुपमा मनाउने गर्दछन् । नेपाल मगर संघ धरानका अध्यक्ष चित्रराज थापा मगरका अनुसार यस पर्वलाई मगर समुदायले परम्परादेखि नै मान्दै आएकाछन् ।

कार्यक्रममा नेपाल आदिवासी जनजाती महासँघका प्रतिनिधि चुन्नु थापामगर, नेपाल शेर्पा संघ धरानका अध्यक्ष प्रेम शेर्पा, नेवा द्य दबुःका धरान अध्यक्ष मनोहर शाक्य, धरान नगर कार्यपालिका सदस्य अरुण देवान, नेपाल मगर महिला संघ धरान अध्यक्ष बिना दर्लामीमगर लगायत व्यक्तित्वहरुको उपस्थिती रहेको थियो । कार्यक्रममा मगर समुदायको मौलिक संस्कृति झल्किने साँस्कृतिक प्रस्तुति गरिएको थियो ।.....