धरान, माघ ५ गते । धरानमा यहि माघ ६ गते बुधबारदेखि चौथो अन्डर १८ रेवाहाङ स्मृति बास्केटबल टुर्नामेन्ट हुने भएको छ । धरान मेघा हिमालयन कलेजको आयोजनामा हुने उक्त टुर्नामेन्ट विगत चारवर्षदेखि निरन्तर आयोजना हुँदै आएको छ । 

कलेजले पत्रकार सम्मेलन गरी दिएको जानकारी अनुसार टुर्नामेन्टमा धरान भरिका जम्मा १९ स्कुल र कलेज सहभागी हुनेछन् । प्रतियोगीताको धरान उपमहानगरपालिकाका कार्यवाहक प्रमुख आइन्द्रविक्रम बेघाले उद्घाटन गर्ने र समापनका अवसरमा कोशी प्रदेश सरकारका आन्तरिक मामिला मन्त्री बिदुरकुमार लिङ्थेपको उपस्थिती रहनेछ । 

कलेजका तत्कालिन विद्यार्थी धरान १८ निवासी रेवाहाङ राई को वि.सं. २०७७ माघ २० गते १६ बर्षको उमेरमा असामयिक निधन भएपछि उहाँको स्मृति स्वरुप टुर्नामेन्ट शुरु गरिएको हो । बास्केटबल खेलमा रुचि राख्ने र राम्रो खेलाडी भएका कारण उहाँका बुबाआमा समाजसेवी रेवतीरमण राई र सुजाता राईको इच्छा अनुसार आफ्नो छोरा पढ्ने कलेजकै आयोजनामा टुर्नामेन्ट हुँदै आएको छ । 

प्रतियोगीताको प्रथम र दोस्रो पुरस्कार ट्रफी, मेडल र प्रमाणपत्र सहित क्रमशः रु.३० हजार र रु.१५ हजार रहनेछ । उत्कृष्ट खेलाडी र उदियमान खेलाडी शीर्षकमा पनि पुरस्कार वितरण गरिने कलेजका प्राचार्य भास्कर पौडेलले जानकारी दिनुभयो । 

......